काठमाडों । ५ दिनअघि ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ । ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको थाहा पाएपछि ग्रान्डी पुर्याइएको थियो ।
मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए। राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । घटनापछि राईका आफन्त मोरङबाट काठमाडौं आइपुगेका छन् ।