April 22, 2025

रविले भने- बाहिरको प्रहार खेप्छु, भित्रबाट प्रहार नगर्नुस्

रविले भने- बाहिरको प्रहार खेप्छु, भित्रबाट प्रहार नगर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पार्टीभित्रैबाट प्रहार नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद्‌को पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले बाहिरको प्रहार जति पनि खेप्न आफू तयार रहेको तर भित्रबाट प्रहार नगर्न आग्रह गरेका हुन् । ‘बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौँ । भित्रबाट प्रहार नगर्नुस् । हामी लड्यौँ भने आफ्नै खुट्टामा अल्झिएर लड्छौँ,’ उनले भने ।

सभापति लामिछानेले आफूहरू सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको र सकेको गर्ने बताए । ‘सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएका थियौँ । सक्दो गर्‍यौँ पनि । सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिनँ । समात्नुपर्ने ठूला माछा धेरै छन्, ढिलोचाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउनेछ,’ उनले भने ।

सम्बन्धित खबरहरु