काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालले क्यानडासँग फराकिलो हार बेहोरेको छ । नेपाल, घरेलु टोलीसँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
किङ सिटी स्थित माप्ले लिफ नर्थ वेस्ट ग्राउन्डमा रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । केही सुस्त सुरुवात गरेको क्यानडाविरुद्ध नेपालले सातौँ ओभरमा पहिलो सफलता प्राप्त गरेको थियो ।
ललित राजबंशीले दश रन बनाएका आरोन जनसनलाइ क्याचआउट गरे । प्रगात सिहं १७ रनमा संदिप लामिछानेको वलमा पवेलियन फर्किए । नभनित धालिवाल ४८ रन जोड्दै मैदान बाहिरिए । हर्ष थाकरले २७ र श्रेयस मोवाले चार रन जोडे । दिलोन हेलिगले ३० रन बनाएका थिए । कप्तान निकलस क्रितनले आक्रमक ब्याटिङ गर्दै ४४ वलमा अविजीत ७३ रनको योगदान गरेपछि क्यानडाले ५० ओभरमा आठ विकेट गुमाउदै २ सय ५३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो ।
सोमपाल कामी र ललितले समान २/२ विकेट लिए । सन्दिप , गुल्सन झा र रोहित पौडेलले १/१ विकेट बाँडे । जवाफमा नेपालको ब्याटिङ पूर्ण रुपमा असफल भयो । ओपनर कुशल भुर्तेल एक र र आसिफ शेख २० रनमा आउट भए । रोहितले मात्र ५ रन जोडे । नेपालका कुनै पनि खेलाडीबीच लामो साझेदारी हुन सकेन् । भिम सार्की १८, दिपेन्द्र सिंह ऐरी ८, कुशल मल्ल १२ र सोमपाल कामी ६ रनमा पवेलियन फर्किए । सन्दिप लामिछानेले २२ र गुल्सन झाले १५ रन बनाएका थिए ।
करण केसीले बनाएको २७ रन नेपालको इनिङसको उच्च रन रह्यो । नेपाल ४० दशमबल एक ओभरमा १ सय ५० रनमा अल आउट भएको थियो । नेपालले १६ रन अतिरिक्त पायो । उत्कृष्ट बलिङ गरेका हेलिगले दश ओभरमा ३१ रत खर्चिएर पाँच विकेट लिए । अखिल कुमार र अंश पटेलले दुइ दुइ तथा साद विन जफरले एक विकेट लिए ।
जारी लिग टु मा नेपालको यो पहिलो अवे सिरिज हो । लगातार तेस्रो हार बेहोरेको नेपालको पाँच खेलबाट मात्र दुइ अंक छ । क्यानडाले भने चार खेल देखीको जीतविहीन यात्रामा पूर्णविराम लगाएको छ । नेपालले अब भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।