काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ मा पुगेको हो । सोमबार ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ कारोबार भएको छ ।
सोमबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७ सय ३६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ ।
सोमबार १४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, सोमबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको भने गुडविल फाइनान्सको सेयर ९.९१ प्रतिशतले घटेको छ ।