July 8, 2025

सुनको मूल्यमा निरन्तर तेस्रो दिन नयाँ रेकर्ड

सुनको मूल्यमा निरन्तर तेस्रो दिन नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले निरन्तर तीन दिनदेखि नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारको बजारमा एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारदेखि सुनको मूल्यले निरन्तर रुपमा रेकर्ड बनाउँदै बढेको छ ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर एक हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतीतोल एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै