May 15, 2025

एक वर्षमा १५ सय ४५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एक वर्षमा १५ सय ४५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । ख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा एक हजार पाँच सय ४५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आइतबार अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३४ औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

उक्त प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८०/८१मा कुल एक हजार पाँच सय ४५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।
८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो माग दाबी समेत लिएको छ। अख्तियारका अनुसार प्रतिवादीहरूमध्ये ५२० जना राष्ट्रसेवक कर्मचारीहरू छन्।

यस्तै अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०८०/८१मा २०१ वटा आरोप पत्र दायर भएका छन्। जसमध्ये गैर कानुनी लाभ हानिसँग सम्बन्धित ५८ वटा, घुस रिसवतसँग सम्बन्धित ४८ वटा, झुट्टा नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ३४ वटा र सार्वजनिक सम्पत्तिको हानि नोक्सानी सम्बन्धित ३३ वटा छन्।

सम्बन्धित खबरहरु