November 1, 2024

‘हिंसा’ शब्दले संसद्‌मा आरोप प्रत्यारोप : बैठक ४ दिनपछि सर्‍यो

‘हिंसा’ शब्दले संसद्‌मा आरोप प्रत्यारोप : बैठक ४ दिनपछि सर्‍यो

काठमाडौं । प्रतिनिधि सभा बैठक आगामी भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ। नेकपा माओवादी केन्द्रको अवरोधपछि बैठक सञ्चालन हुन नसकेको हो ।

गत भदौ १२ गते संसद्मा सम्बोधन गर्ने क्रममा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंवैधानिक नदेखिएको र रेकर्डबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेले घोषणा गरे ।

त्यसलगत्तै प्रतिपक्षी दल माओवादी केन्द्रले गरेको अवरोधका कारण संसद् बैठक स्थगित गर्नुपरेको हो। नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूबीच केहीबेर संसद्मा भनाभनको अवस्था बनेको थियो ।

उनका अनुसार, अर्को बैठक भदौ ३० गते दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित खबरहरु

Skip to content