December 11, 2024

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ। बुधबार बिहान बुढानीलकण्ठमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उपसभामुख रानामगरले पदीय मर्यादाविपरीत अनुचित कार्य गरेको विषयमा कुनै द्विविधा नरहेको ठहर गरे।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ।’

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।

चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन्। २०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र दुई महिनाअघि सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा तानिएकी थिइन्।

प्रमुख सचेतक घिमिरेले एमाले र कांग्रेसको मात्रै दुई तिहाइ नपुग्ने भएकाले यस विषयमा सत्तारुढ दलहरूबीच साझा धारणा बनाउन आवश्यक रहेको बताए।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content