November 1, 2024

लुम्बिनीका मन्त्री कुर्मीद्वारा राजीनामा

लुम्बिनीका मन्त्री कुर्मीद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका उनी गत साउन ९ गते मन्त्री बनेका थिए ।
मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन् । सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन् ।

बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् । चौतर्फी विरोध भएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

सम्बन्धित खबरहरु

Skip to content