April 21, 2025

शहीदहरुलाई सम्मान गर्ने विषयमा विभेद छः प्रचण्ड

शहीदहरुलाई सम्मान गर्ने विषयमा विभेद छः प्रचण्ड

काठमाडौं । काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदहरुलाई सम्मान गर्ने विषयमा विभेद रहेको उल्लेख गर्दै यसलाई नीतिगत रुपमै समाधान गर्नुपर्ने बताएका छन्।

बिहीबार शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकरुपताका साथ सबै शहीदहरुलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पहल गर्नुपर्ने बताए।

‘शहीदहरुलाई सम्मान गर्ने सन्दर्भमा विभेदको स्थितिलाई नीतिगत रुपमै समाधान गर्न आवश्यक छ। आउने केन्द्रीय समितिको बैठकमा शहीदहरुलाई सम्मान गर्नेबारे एकरुपताका साथ सबै शहीदहरुलाई उचित सम्मान हुने नीति बनाउन पहल गर्छु,’ उनले भने।

अध्यक्ष दाहालले शहीदहरुका बारेमा विभेद गर्नु हुँदैन भनेर जनयुद्धका बेला मारिएकाहरूका बारेमा स्मृति मनाउने वा नमनाउने भनेर भेद गर्नुभन्दा सबै सहिदहरुलाई एकमुस्ट रुपले श्रद्धा व्यक्त गर्नु बढी उचित हुने बताए।

पार्टीले जनयुद्धमा मारिनुभएका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष १४ देखि २१ गतेसम्म मनाउने गरेको भएपनि शान्ति प्रक्रियापछि यसमा बदलाव आएको उनको भनाइ छ।

सम्बन्धित खबरहरु