September 8, 2024

पलेशालाई सरकारले ६५ लाख दिने

पलेशालाई सरकारले ६५ लाख दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाई ६५ लाख रुपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई ६५ लाख रुपैयाँ नै उपलब्ध गराउने जनाए । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्ग अन्तर्गत महिला ५७ केजी तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौं । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुसी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ ।’

प्रधानमन्त्रीले प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content