काठमाडौं । सहकारीको रकम रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न बनेको संसदीय छानबिन समितिको म्याद १५ दिन थप गरिएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो। समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव बैठले सर्वसम्मतिले पारित गरेको हो।
जेठ १५ गते गठन भएको संसदीय समितिको म्याद भदौ २२ भदौमा सकिँदै थियो।