December 11, 2024

पूजा र समीक्षाको फेसबुकमा दोहोरी

पूजा र समीक्षाको फेसबुकमा दोहोरी

काठमाडौं । नायिका पूजा शर्माले गायिका समीक्षा अधिकारीविरुद्ध आफू बोल्न बाध्य भएको बताएकी छन् । समीक्षाको नामै नलिइकन उनले आफ्नो चलचित्र आउनु अगाडि ‘शत्रु’ लागेको भन्दै टिप्पणी गरेकी छन् ।

“आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति छ,” उनले फेसबुकमा लेखेकी छन् ।
यो विषयमा आफू बोल्न नचाहे पनि आफ्नो चलचित्र आउनुभन्दा अगाडि आफूलाई लक्षित गरेकाले बोल्न बाध्य भएको उनले बताएकी छन् ।

“मिडियामा आएका आएका मेरा सम्पूर्ण सामग्रीहरू नितान्त प्रोफेसनल हुन् । यो बाहेक मेरा र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोलेँ र कहिले बोल्नेछु” उनी लेख्छिन्, “चलचित्र आउनु अगाडि शत्रुहरू त लाग्छन् नै ।”

यसअघि समीक्षाले पूजा शर्माले एक पोडकास्टमा बोलेको भिडियो सेयर गर्दै आफू पीडित भए पनि पोडकास्टहरू अदालत र कलाकार न्यायाधीश झैँ बनेको टिप्पणी गरेकी थिइन् ।

“अदालत नै पोडकाष्टहरू हुन भने न्यायाधीस नै यी र यस्ता कलाकारहरू हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि,” उनले पूजाप्रति लक्षित गर्दै लेखेकी थिइन्, “सत्य के हो कि उसलाई थाहा छ कि मलाई थाहा छ । अथवा भगवानलाई थाहा छ ।”

के सही के गलत छुट्याउन नसक्ने उमेरमा पनि आफूले मायाको तराजुमा आफूलाई जोख्न तयार भएको भन्दै माफी दिएको बताएकी छन् ।

“त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?” समीक्षाले लेखेकी छन्, “यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?”

आफूले सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएको बताएकी उनी अगाडि लेख्छिन्, “हिजो तिमी मेरो बहिनी भनेर आउनुभयो । मैले दिदी भनेँ र मानेँ । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज !’

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content