November 13, 2024

नेप्सेमा हरियाली, फाइनान्स उच्च अंकले बढ्याे

नेप्सेमा हरियाली, फाइनान्स उच्च अंकले बढ्याे

काठमाडौं । केही दिनयता ओरालो लागेको नेप्से परिसूचकमा सोमबार उच्च अंकको वृद्धि देखिएको छ। नेप्से १२७.३२ अंकले बढेर दुई हजार आठ सय २३.२५ विन्दुमा कायम भएर कारोबार बन्द भएको छ।

आज नेप्से ४.७२ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि चार प्रतिशतभन्दा धेरैले बढेको छ। ३३५ कम्पनीको तीन करोड १४ लाख ३० हजार कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

आज नेप्सेका सबै १३ वटै उपसमूहको सूचकमा हरियाली देखिएको छ। फाइनान्स उपसमूहको सूचक सर्वाधिक करिब आठ प्रतिशतले बढेको छ। हाइड्रोपावर र लगानी पाँच प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा बैंक, विकास बैंक, होटेल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र अन्य उपसमूहको सूचक चार प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन २३९ कम्पनीको सेयर मूल्य बढ्दा नौ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपर माई हाइड्रोपावर, दोल्ती पावर कम्पनी र मल्टिपर्पोज फाइनान्सको मूल्यमा सर्किट लागेको हो। आज पाँच कम्पनीको सेयर मूल्यमा मात्रै गिरावट आएको छ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content