February 10, 2025

दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्न अर्थ मन्त्रालयको सहमति

दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्न अर्थ मन्त्रालयको सहमति

काठमाडौं । सरकारले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयबाट ६० करोड बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले यो रकम किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ ।

चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ ।

डीडीसीबाट दूधको भुक्तानी नपाएको भन्दै किसानले भुक्तानी दिलाउने व्यवस्था मिलाइदिन पटक–पटक सरकारलाई आग्रह गर्दै आएका थिए । किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, डीडीसीका अधिकारीबीच पटक पटक छलफल भएपछि सरकारले डिडिसीले ऋण दिने सहमति भएको हो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content