काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले खिजीदेम्बा गाउँपालिका ठेगाना भएका ४६ जना सगरमाथा आरोहीहरुलाई सम्मान गरेको छ । काठमाडौँमा एक कार्यक्रमकाबीच आरोहीहरुलाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको आतिथ्यतामा सम्मान गरिएको हो ।
यस्तै खिजीदेम्बा गाउँपालिकाले आरोही कुंगा शेर्पालाई २ वर्षका लागि खिजीदेम्बा गाउँपालिकाको पर्यटन सद्भावनादूत घोषणा गरेको छ । कार्यक्रममा ओखलढुंगाका संघीय सांसद रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदीपकुमार सुनुवार, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालगायतका व्यक्तित्वहरु सहभागी थिए ।