November 13, 2024

नेकपा एस पदाधिकारी निर्वाचन : यस्तो छ अन्तिम परिणाम(सूचीसहित)

नेकपा एस पदाधिकारी निर्वाचन : यस्तो छ अन्तिम परिणाम(सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचनबाट१७ जना पदाधिकारी निर्वाचित भएको छ । पार्टीले उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन हिजो निर्वाचन गरेको थियो ।

आज बिहान सार्वजनिक अन्तिम नतिजाअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।

यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह, खुला उपाध्यक्ष पदमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिव पदमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा हिजो नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए ।

पार्टीको दशौँ महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए । यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ ।

 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content