July 8, 2025

एक हजारले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

एक हजारले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५० निर्धारण भएको छ।

सम्बन्धित खबरहरु

भर्खरै