काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ । आज बिहान बनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनमा भाग लिने सहमति भएको हो ।
बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनका बारेमा छलफल भएको रास्वपाले जनाएको छ । पार्टीले कारबाही गरेका महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टीले संसदमा विपक्षीको तर्फबाट सही भूमिका निर्वाह भैरहेको पनि ठहर गरेको छ । यसका साथै केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिका बारेमा पनि छलफल भएको जनाइएको छ ।