November 2, 2024

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रहेकामा अब १६२ रुपैयाँ कायम भएको छ। दोस्रो वर्गका लागि प्रतिलिटर १६९ रहेकामा १६४ र तेस्रो वर्गका लागि प्रतिलिटर १७० रहेकामा १६५ रुपैयाँ कायम गरिएको छ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५५ रहेकामा १५२ रुपैयाँ कायम गरिएको छ। साथै दोस्रो वर्गका लागि १५७ रहेकामा १५४ र तेस्रो वर्गका लागि १५८ रहेकामा १५५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्। साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ।

सम्बन्धित खबरहरु

Skip to content