काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४.२९ अंकको वृद्धि देखिएको छ। नेप्से १.१७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७.७५ को विन्दुमा कायम भएको छ।
आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता सेयर दुई लाख ४४ हजार १९ पटक खरिद–बिक्री हुँदा रु. २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ।
जीवन बिमा समूह ०.०८, लघुवित्त ०.७० र म्युचुअल फन्ड ०.९० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। आज वित्त समूहको उपसूचक सबैभन्दा बढी ७.६७ प्रतिशतले बढेको छ।
बैंकिङ ०.७२, विकास बैंक ३.०७, होटेल तथा पर्यटन २.३७, जलविद्युत् १.९१, लगानी २.४९, उत्पादन तथा प्रशोधन ०.६४, निर्जीवन बिमा ०.७४, व्यापार ०.३९ र अन्य समूह ०.८३ प्रतिशतले बढेको छ।
आज नौवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ८६ करोड ५८ लाख ५८ हजार ३०७ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा २२ लाख ३७ हजार एक सय ७२ कित्ता सेयर किनबेच भएको अपि पावर कम्पनी लिमिटेड शीर्ष स्थानमा छ।