काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे सुझाव दिएका छन्।
सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर उनले संविधान संशोधन, प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या, अस्पतालसम्म पुग्ने पिच रोड, शिक्षामा क्यालेन्डर, सार्वजनिक खरिद ऐनमा सुधार, न्यायालय सुधार र आइटी हबका रुपमा नेपाल लगायतका १५ बुँदा समेटेको सुझाव दिएका हुन्।
रास्वपाका निलम्बित महासचिव ढकालले संविधान संशोधन गर्दा उपराष्ट्रपति जस्तो सेरमोनियल पदहरू, प्रदेश संरचना र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने सुझाव दिएका छन्।