September 7, 2024

यस्ता छन् स्वास्थ्य मन्त्री प्रदीप पौडेलका कार्ययोजना र प्राथमिकता [पूर्णपाठ]

यस्ता छन् स्वास्थ्य मन्त्री प्रदीप पौडेलका कार्ययोजना र प्राथमिकता [पूर्णपाठ]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री प्रदीप पौडेलले कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गरेका छन्। पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन्।

कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै सुझाव संकलन गरेका थिए। उनले पूर्व स्वास्थ्यमन्त्रीहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशकहरु, पूर्व महाशाखा प्रमुखहरु, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरुका प्रतिनिधहरु, बहालवाला कर्मचारीहरु, अस्पताल निर्देशकहरु, सञ्चारकर्मीहरु, निजी क्षेत्र तथा विकास साझेदार सहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धानदाताहरुसँग छलफल गर्दै सुझाव लिएका थिए।

यसका साथै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए। यसरी संकलन गरेका सुझावका आधारमा नै मन्त्री पौडेलले प्राथमिकताका विषयहरु तथा कार्ययोजना तयार पारेका हुन्।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content