टेकनाथ नेपाल
उठ नेपाली दाजुभाइ दिदीबहिनीहरू
देश डुब्न लागिसक्यो
गाउँ गाउँबाट उठ शहर बजार एकभएर
भ्रष्टाचारी शासकको विरुद्ध एक भएर जुट
हेर हामीलाई श्रीलङ्काले जिस्काई रहेको छ
अब त जाग
विदेशी भूमिमा पसिना बगाई रहेका
नेपाल आमाका सन्तानहरू
बङ्गलादेशको आन्दोलन जस्तै
नेपालमा अपरिहार्य भइसकेको छ ।
तिमीले देखेका छौ नी धनी र गरिब खाल्डो
शासकहरूका फोटोमा सारी चोलो लागिदिएको
जनताहरू विरोध गरेर देशबाट
भागेका शासक वर्गहरू
तिमीले देखेका छौ नी शासक वर्गहरू
तिमीहरू कुकुर बिरालो जस्तै भुक्ने
झगडा गर्ने स्थानमा
जनताले बैठक गरेको
त्यसैले अब म पनि थाकिसकेँ
किनकी तिमीहरूबाट विकास हुन्छ भनेर
अब म पनि जागिसके तिमीहरूलाई
सजाए दिनु पर्छ भनेर
बिन्ती छ विदेशी भूमिमा पसिना बगाउने
सच्चा नेपाली आमाका सन्तानहरू
एक चोटी देश बनाउन फर्क
स्वर्ग जस्तो देशलाई
नर्क बनाउने शासकविरुद्ध
एक भएर शासकलाई
मेरो प्यारो जन्मभूमिबाट लखेट १