October 30, 2024

सडक भासिएपछि बालेनको प्रतिक्रिया, ‘खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन’

सडक भासिएपछि बालेनको प्रतिक्रिया, ‘खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन’

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक भासिएको हो ।

सडक भासीएपछि सवारी आवतजावतनै बन्द भएको छ । सडक भासीएपछि महानगरका मेयर बालेन्द्र शाहले सामाजीक सञ्जालमा सडक भासीएको भिडियो राख्दै स्पष्टीकरण दिएका छन् । ‘यो टुकुचामाथिको बाटो हो । अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केहि रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।’ उनले भनेका छन् ।

साथै मेयर शाहले सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाए महानगरले खोला खोल्ने काम तुरून्त अगाडि बढाउने बताएका छन् ।

उनले भनेका छन्– ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

 

सम्बन्धित खबरहरु

Skip to content