काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरूमा बाढी आइरहेकाले अति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले भनेको छ– बागमतीका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायतमा जलसतह सतर्कता तह माथि रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले तटीय क्षेत्रमा ४ बजे सम्म अति उच्च सतर्कता अपनाउनहुन र नदी किनारको सडकबाट यात्रा नगर्न अनुरोध छ।
