September 8, 2024

बंगालादेशकी प्रधानमन्त्री हसिनाले छोडिन देश, सेनाले अन्तरिम सरकार बनाउने

बंगालादेशकी प्रधानमन्त्री हसिनाले छोडिन देश, सेनाले अन्तरिम सरकार बनाउने

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनीले देश छोडेका छन् । बिबिसी हिन्दी सेवाले हसिना देश छोडेर ‘सुरक्षित ठाउँ’ गएको उल्लेख गरेको छ।

प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने माग विद्यार्थीहरूको छ ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाबीच प्रधानमन्त्री शेख हसिनाको राजिनामाको मागमा अडिग छन् ।

हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए ।

हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको खबरहरू आएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बिबिसी, अल्जजिरा लगायतले स्‍थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचार लेखेका छन्।

सेनाले अन्तरिम सरकार बनाउने

बंगलादेशमा सेनाले अन्तरिम सरकार बनाउने भएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुख वाकर युज जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेर सेना प्रमुख जमानले हिंसा अन्त्य गर्न आग्रह गरेका हुन् ।

 

 

 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content