काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो। अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
भोटो जात्रा लिच्छविकालदेखि मनाउने गरिएको विश्वास छ। कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।