September 7, 2024

कक्षा १२ को नतिजा : ५२‍ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण, १ लाख ८७ हजार ‘नन्‌ग्रेडेड’ (सूचीसहित)

कक्षा १२ को नतिजा : ५२‍ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण, १ लाख ८७ हजार ‘नन्‌ग्रेडेड’ (सूचीसहित)

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको थियो । गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।
कक्षा १२ को नतिजा सार्वजनिक, ५२‍ प्रतिशत मात्र उत्तीर्ण बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो ।

नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी ’नन्ग्रेडेड’

सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३ रहेको छ । त्यस्तै सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ छन् ।

२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० र १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना छन् ।

ग्रेडेड

२.८१ देखि ३.२० जीपीए : ७८ हजार ७५

२.४१ देखि २.८० जीपीए : ६१ हजार ३६

३.२१ देखि ३.६० जीपीए : ४६ हजार ८ सय ९३

३.६१ देखि ४ जीपीए : ९ हजार ५ सय ९१

२.१ देखि २.४० जीपीए : ८ हजार २ सय ४०

१.६१ देखि २ जीपीए : १२

कुल : २ लाख ३ हजार ८ सय ४७

नन्ग्रेडेड

१ लाख ८७ हजार ०२१

कुल परीक्षामा सहभागी : ३ लाख ९० हजार ८ सय ६८

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content