ओखलढुङ्गा । वि.सं. २०२० सालमा स्थापना भएको श्री धुसेनी आधारभूत विद्यालयले ६०औं वर्षको अवसरमा हीरक जयन्ती मनाउने भएको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं. ४ नेवारेडाँडा रहेको विद्यालयले यहि चैत २८ गते भव्य कार्यक्रमका साथ हीरक जयन्ती मनाउन लागेको विद्यालयका प्रधानध्यापक डेनिस थापा मगर जानकारी दिएका छन् ।
हीरक जयन्तीको अवसरमा विद्यालयले स्थापनाकालदेखि हालसम्म कार्यरत शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रअ मगरले जानकारी दिए ।
उनले हीरक जयन्तीलाई सफल बनाउन सहायोग गर्ने दाताहरुलाई पनि सम्मान गर्ने बताए । उनले भने ‘गाउँबासी, देश विदेशमा रहने दाजुभाइहरु सहयोग गरेर हीरक जयन्ती सफल बनाउन अनुरोध छ । उहाँहरुको सहयोगलाई उच्च सम्मान गर्दै हामीले विशेष सम्मानको कार्यक्रम राखेको छौँ ।”