काठमाडौं । नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्गतामैत्री आकासे पुल निर्माण सुरु भएको छ । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्गतामैत्री आकासे पुल निर्माण सुरु गरेको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरे । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।
आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माण अनुमति मागेको थियो ।
ललितपुर महानगरपालिका–१३ मा यो पुल एक वर्षभित्र निर्माण गरिसक्नुपर्छ ।