March 16, 2025

३८३ वर्ष पुरानो कात्तिक नाच (फोटो फिचर)

३८३ वर्ष पुरानो कात्तिक नाच (फोटो फिचर)

शंकर भुजेल/समाचारपाना

ललितपुर । ३८३ वर्ष पुरानो ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको कार्तिक नाच यस वर्ष ललितपुर मंगलबजारको कात्ति दबलीमा मंसिर २ गतेदेखि सुरु भएर मंसिरको ११ गते सोमबारसम्म देखाइएको छ । ललितपुर मंगलबजारमा अवस्थित कृष्ण मन्दिरसँगैको नारायण मन्दिर अगाडिको कात्ति दबलिमा वर्षैपिच्छे कछलाथ्व पञ्चमीदेखि कछलाथ्व पूर्णिमासम्म नाच देखाउने चलन छ।

वि.संं. १६९७ सालमा ललितपुर पाटनका तात्कालीन राजा सिद्धिनरसिंह मल्लले कात्तिक नाचको सुरुवात गरेको इतिहासमा उल्लेख छ । सत्रौं शताब्दीमा सुरु भएको विष्णुपुराणमा आधारित कात्तिक नाचमा विष्णुको अवतार नृसिंह, हिरण्यकश्यपु, विष्णुका भक्त प्रल्हादको कथामा आधारित नाच देखाउने गरिन्छ।

कार्तिक महिनालाई विष्णुको महिनाको रुपमा पनि लिने गरिन्छ। सिद्धिनरसिंह राजा विष्णुका परमभक्त थिए। त्यसैले राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरु हरिवंश राजोपाध्याय र विश्वनाथ राजोपाध्यायहरुको सल्लाह र सुझाव लिइ देश र जनताको रक्षा गर्नकालागि कात्तिक नाच देखाउनृे परम्परा चलाएको भन्ने जनविश्वास छ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content