September 7, 2024

ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिको मेला (फोटो फिचर)

ललितपुरको कुम्भेश्वरमा जनैपूर्णिको मेला (फोटो फिचर)

ललितपुर– साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन ललितपुर पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आराधना गर्न ठूलो भिड लाग्ने गर्छ ।

मन्दिरभित्रका साथै बाहिर डोरो तथा जनै लगाइदिने र लगाउने मानिसको पनि व्यापक सहभागिता रहेको छ ।

अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पत्ति गराएकाले कुम्भेश्वर महादेव भनिएको मन्दिरका पुजारी बताउँछन् । यस मन्दिरमा कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति रहेका छन् । सजिलैसँग दर्शन गर्न सकिने देखिरहेको महादेव सर्वेश्वर हुन् ।


सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । श्री स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आराधना गरी आफ्नो छोटो आयुलाई चिरञ्जीवी बनाएको कुरा पुराण आदिमा उल्लेख छ । सर्वेश्वर महादेवको आराधना गरे रोग व्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास बौद्ध धर्मावलम्बीमा छ ।


त्यसैगरी उक्त महादेव मन्दिरको काखमा दश महाविद्यामध्ये एक विद्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रूपमा पुजिने बङ्गलामुखी देवीको मन्दिरसमेत छ । मुलुकमा कोभिड–१९को महामारी भित्रिएकाले विगतको दुई वर्षमा भने उक्त मन्दिरमा जनैपूर्णिका दिन मेला लागेको थिएन । हाल केही मात्रामा कोरोना न्यून रहेकाले मेला लागेको हो । कुम्भेश्वरमा हरेक साउनको सोमबार, बालाचतुदर्शी, शिवरात्रि आदि पर्वमा भक्तजनको ठूलो उपस्थिति हुन्छ ।

फोटो फिचर

 

 

 

 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content