कुलपति राईद्वारा भारतसँग समानताका आधारमा पुस्तक आदानप्रदान गर्न जोड

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कुलपति राईद्वारा भारतसँग समानताका आधारमा पुस्तक आदानप्रदान गर्न जोड दिएका छन् । नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित दुई पुस्तकको एक समारोहबिच विमोचन गर्दै भारतसँग समानताका आधारमा पुस्तक आदानप्रदान गर्न जोड दिएका हुन् ।

नेपाल–भारत साहित्य समारोहअन्तर्गत नेपाल–भारत पुस्तकालय काठमाडौँमा आयोजित ‘पुस्तक विमोचन एवम् परिचर्चा’ कार्यक्रममा सहभागी भई कुलपति राईले डा. श्वेता दीप्तिद्वारा लिखित ‘साहित्य शोध समिधा’ र डा. रामदयाल राकेशद्वारा नेपालीबाट हिन्दी भाषामा अनूदित ‘समकालीन नेपाली कविताएँ’ शीर्षकका दुई पुस्तक विमोचन गरेका छन् ।

सो अवसरमा बोल्दै कुलपति राईले दुवै पुस्तकहरू दुई देशबिच भाषिक, साहित्यिक, सांस्कृतिक एवम् कलाको आदानप्रदानमा कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् । दुई देशबिचको सम्बन्धलाई भाषा, साहित्य, कला र संस्कृतिमार्फत थप सुदृढ पार्न भारतीय दूतावासले महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले प्रशंसा गरे ।

कुलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकमा दुवै देशका पाठकको सहज पहुँच पु¥याउन सके पुस्तकको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । तथापि नेपालमा प्रकाशित पुस्तक भारततर्फ लैजाने क्रममा सीमामा कडाइ हुने गुनासो आउने गरेको भन्दै उनले उक्त समस्या सम्बोधनका लागि पहल गर्न दूतावासको ध्यानाकर्षण पनि गराएका छन् ।

दूतावासका प्रेस सूचना एवम् संस्कृति प्रभागका अताशे सत्येंद्र दहियाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. आशावरी बापट, भारतीय विद्वान् डा. सच्चिदानन्द मिश्र, नेपाली साहित्यकार डा. गङ्गाप्रसाद अकेलालगायत विमोचित पुस्तकका लेखक डा. दीप्ति र अनुवादक डा. राकेशले मन्तव्य व्यक्त गरेका थिए ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *