April 22, 2025

बारा २ बाट ५ हजार मतान्तरले उपेन्द्र यादव विजयी

बारा २ बाट ५ हजार मतान्तरले उपेन्द्र यादव विजयी

जनकपुरधाम, १३ वैशाख । प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव ५ हजार ८१ मतान्तरले विजयी भएका छन् । यादव पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।

यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मत पाए । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको छन् ।

बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा अध्यक्ष यादव सांसद बन्न सफल भएका छन् । उनी गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित भएका थिए ।

सम्बन्धित खबरहरु