पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ वैशाख । पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ भने संस्थागत आईसोलेशनमा २७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

 

फिचर न्युज मुख्य खबर शिक्षा/स्वास्थ्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *