काठमाडौं । साफ यू–२० च्याम्पियनसिप खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालमा प्रतिस्पर्धात्मक बनेको खेलमा १–१ बराबरीमा रोकिएको हो । बंगलादेशका लागि अहमेद नोभा र नेपालका लागि निरन्जन मल्लले गोल गरे ।
खेल दोस्रो हाफमा तनावग्रस्त भएको थियो खेल मैदान मै हात हालाहाल भएपछि नेपालका दिपेश गुरुङ र रोहित सुब्बा तथा बंगलादेशका शहीदुल इस्लामले रातो कार्ड पाए । बेञ्चमा रहेका रोहित मैदानमा गएर हातहाले पछि रातो कार्ड पाएका थिए ।
बराबरीपछि चार खेलबाट १० अंक जोड्दै बंगलादेश लिगको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको छ । नेपालको चार खेलमा दुई जित र एक बराबरीबाट ७ अंक छ । नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीच सवा ७ बजे सुरु हुने खेल कुर्नुपर्नेछ । भारतको ३ खेलबाट ६ अंक छ । माल्दिभ्ससँग भारत पराजित भएमा मात्र नेपाल फाइनल पुग्नेछ । बराबरी वा जितले भने भारत फाइनल पुग्नेछ ।