थप ७१० जनामा कोरोना पुष्टि, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार २५ वटा नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३२४ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा २२४, भक्तपुरमा १६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

फिचर न्युज मुख्य खबर शिक्षा/स्वास्थ्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *