उपसभामुख पदका लागि आज निर्वाचन

काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार दिउँसो ३ बजे उपसभामुख चुन्न संसदमा मतदान हुनेछ।

हिजो सार्वजनिक गरिएको उम्मेदवारको अन्तिम नामावलीमा उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।  तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ।

 

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *