ओखलढुङ्गा । स्थानीय चुनाव नजिकिएसँगै दलहरुले आफ्ना उम्मेदवारहरु तय गर्ने र प्रचार प्रसार कामलाई तिव्रता दिन थालेका छन । जनता समाजबादी पार्टी ओखलढुङ्गाले पनि जिल्लामा चुनावी अभियानलाई व्यापकता दिएको छ । यसैबीच सुनकोशी गाउँपालिका वडा नं. २ बाट वडा अध्यक्षमा करण लामाले उम्मेदवारी दिने भएका छन् ।
केहि दिन अघि मात्रै जिल्लाका आठै वटा स्थानीय तहमा उम्मेदवारहरुको नाम सार्वजनिक गरेको जसपा ओखलढुङ्गाले सुनकोशी गाउँपालिका वाड २ को अध्यक्षमा युवा समाजसेवी करण लामालाई उठाउने निर्णय गरेको छ ।
को हुन् करण लामा ?
सुनकोशी २ भदौरे स्थायी घर भएका लामा एक सफल युवा उधमी व्यावसायी तथा समाजसेवी हुन् । लामो समय विदेश समेत बसेका लामाले अहिलेको गाउँ तथा देश परिवर्तन गर्ने सपना बोकेर राजनीतिमा हुमिएका छन् । गाउँको विकास कसरी गर्ने र राजनीतिको फोहोर कसरि सफा गर्न सकिन्छ भन्ने राम्रो ज्ञान भएका लामा आपत्विपत् परेका हरेक नेपाली दाजुभाई दिदीबहिनीलाई सहयोग गर्न अगाडी सर्ने गर्दछन् ।
उनले गाउँमा गुम्बा निर्माणदेखि अन्य कार्यमा आफ्नो सहयोगी हात अघि बढाउने गरेका छन् । लामा समाजमा पछाडी पारिएका दलित, महिला र जनजातीको पक्षमा खुलेर सहयोग गर्ने गरेका छन् । अहिले भ्रष्ट राजनीतिलाइै सफा गर्ने पार्टी जनता समाजबादी पार्टी मात्रै भएको उनको दाबी छ । उनी भन्छन् ‘राजनीतिमा असल र विवेकी युवाहरु अघि बढ्नुपर्छ’ । अहिले जनता नै परिवर्तनको पक्षमा भएकाले आफुलाई जनताले भोट दिएर जिताउने कुरामा ढुक्क देखिन्छन । लामा जसपा ओखलढुङ्गाको सचिवालय सदस्य हुन् ।