शिव बहादुर वि.क
ओखलढुंगा । जनता समाजबादी पार्टी ओखलढुंगाले आसन्न स्थानीय चुनावका लागि पार्टीबाट जिल्लाका सबै स्थानीय निकायमा उम्मेदवारी दिने घोषणा गरेको छ । पार्टीबाट स्थानीय चुनावमा उठ्ने नेताहरुको सम्भावित नामहरु तोकिसकिएको जसपा ओखलढुंगा जिल्ला अध्यक्ष खेम राज खड्काले जानकारी दिएका छन् ।
जिल्लाको चिसन्खुगढि गाउँपालिकामा खेमराज खड्का, केशव रम्तेल, बलराज राई, प्रदिप श्रेष्ठ र मोहन श्रेष्ठले उम्मेदवारी दिने भएका छन्, भने सिद्धिचरण नगरपालिकामा जुद्ध “ढाक्रे“ राई, नवराज गुरुङ, नेत्र बहादुर नेवाङ, प्रकाश तामाङ, रामकृष्ण मगर, मेघहरि आचार्य, चम्मर राई र जानुका राई उम्मेदवारी दिने भएका छन् ।
त्यसैगरी, मानेभञ्ज्याङ गाउँपालिकामा धिरेन्द्र रुम्दाली, दिपेन्द्र रुम्दाली, धिरेन्द्र ‘बाहिङ’ खाटाली, रण बहादुर राईले उम्मेदवारी दिने भएका छन् । भने सुनकोशी गाउँपालिकामा प्रभुराम श्रेष्ठ, प्रदिप घतानी “शान्त“, देव मगर, सानु तामाङ, करण लामा, भोला थापाले उम्मेदवारी दिने भएका छन् ।
त्यस्तै खिजिदेम्बा गाउँपालिकामा गम्बु शेर्पा, पासाङ निमा शेर्पा, दीर्घ बहादुर तामाङ, कुमार सुनुवार, आङदावा शेर्पाले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी, लिखु गाउँपालिकामा गौरब कटवाल र मोलुङमा देवेन्द्र कार्कीले उम्मेदवारी दिने भएका छन् भने बाँकी उम्मेदवारीहरु पार्टीले छलफल गरि टुङ्गो लागाउने अध्यक्षले खड्काले बताए ।
जिल्लाका आठै वटा स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरिरहेको जसपाले यो पटक केही ठाउँमा आफुले जित्ने केही अन्य ठाउँमा कडा प्रतिस्प्रर्धासहित सम्मानजनक मत पाप्त गर्ने आकलन गरेको छ ।
पुराना दल र नेताबाट वाक्क भएका जनताले नयाँ विचार र उर्जा भएको विकल्प सहितको पार्टी र नेता जनताले चाहेकोले उक्त आवश्यकता पूरा गर्न जसपा एकमात्र विकल्प भएको पार्टीका अध्यक्ष खड्काले बताए ।
जिल्लाको खिजिदेम्बा गापामा निकै नै उत्साहपूर्ण ढङ्गले चुनावी अभियान गरेकोले खिजिदेम्बामा सजिलै चुनाव जित्ने जसपाले दाबी गरेको छ ।
समुन्नत संघियता, समानुपातिक समबेशिता र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता मुद्दा जसपाले उठाइरहेको छ ।
เราขอแนะนำให้คุณอ่านและอ่านอย่างละเอียด กติกา การ เล่น บิงโก