माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दि सिपी कडरियाले ८३ मत मात्रै ल्याउन ल्याएका छन् ।

तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मतका साथ रेवतराज पुरी विजयी भए । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक राजन किराँतीले बताए ।

तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको थियो ।
१ जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेदवारी परेको थियो ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *