रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । रोल्पामा बिहीबार बेलुकी भएको बस दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दाङको घोराहीबाट रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे दुर्घटना हुँदा ४ जनाको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

बस शहीद मार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलास्थित झन्डै एक सय मिटर तल माडी खोलामा खसेको हो ।

घटनास्थलमै ३ जना पुरूष र १ महिला गरी चार जनाको मृत्यु भएको रोल्पाका प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी सुनिल स्मृति अस्पताल घर्ती गाउँमा उपचार भइरहेको छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *