माथिल्लो सगरमाथाका प्रभावशाली पत्रकार समाजवादी प्रेस संगठनको केन्द्रिय सदस्य

ओखलढुंगा । ओखलढुंगा जिल्लाका प्रभावशाली पत्रकार तथा प्रेस चौतारी ओखलढुंगाका संस्थापक सचिव शिव ढुंगाना समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय सदस्य बनेका छन । माथिल्लो सगरमाथामा लोकप्रिय पत्रकार ढुंगाना संगठनको केन्द्रिय कमिटीमा मनोनित भएका हुन् ।

२०६४ शालमा ओखलढुंगा जिल्लामा प्रेस चौतारी गठन हुँदा संस्थापक सचिव बनेका पत्रकार ढुंगाना २०६७ देखि २०७१ साल सम्म प्रेस चौतारी ओखलढुंगाको दुई कार्यकाल जिल्ला अध्यक्ष रहेका थिए । २०७१ सालमा प्रेस चौतारी सगरमाथा अंचल अध्यक्ष बनेका ढुंगाना २०७२ साल देखि प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य रहेका थिए।

२०६५ साल देखि निरन्तर रुपमा नेकपा एमालेको ओखलढुंगा जिल्ला कमिटीको प्रचार विभागमा रहेर सक्रिय रहेका उनले ‘रिफर्म टु रिभ्योलुसन’ स् विगतप्रति गौरव छ, पश्चाताप छैन भन्दै नेकपा एमालेको राजनीति छोडेका हुन।

करिव १५ वर्ष देखि सामाजिक र राजनीतिक मुद्दामा निर्भिक भएर कलम चलाउदै आएका ढुंगानाले प्रतिफल खाएर शीरमा बुट बजार्न उद्धत दलाली प्रवृत्ति प्रतिगमनको पहाड बनेर इमान र स्वाभिमान खरिद बिक्रीको नाफाघाटामा फसेपछि ‘आन्दोलन जोगाउने’ कि ‘गुलाम बन्ने’ दुई विकल्पमध्ये एक ‘आन्दोलन जोगाउने’ यात्रामा लागेको बताएका छन।

मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *