February 10, 2025

‘प्रथम कालभैरब खुल्ला जुनियर उसु’ प्रतियोगिता हुने

काठमाडौं । उसु क्वानको आयोजनामा ‘प्रथम कालभैरब खुल्ला जुनियर उसु’ प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनमा असोज २० र २१ गते दशरथ रङ्गशाला स्थित मिनि कभर्डहलमा उक्त प्रतियोगिता हुने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा सान्सौमा २० र थाउलोमा १८ गरि जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताएका छन् ।

जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यो प्रतियोगिता गराउन लागिएको आयोजकले जनाएको छ । । कोभिड–१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसँग आवद्ध व्यक्तिहरु मिलेर यो प्रतियोगिता आयोजना गरिएको हो । यस प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थप्नुका साथै खेलाडीहरुको खेलस्थर वृद्धिमा समेत टेवा पुग्नेछ ।

पूर्व स्वास्थ मन्त्री एवम् प्रतिनिधिसभा सांसद माननीय गगन थापाको प्रमुख आतिथ्यतामा १३ आंै दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम समेत रहेको यस प्रतियोगिताका सचिव हरि प्रसाद गोलेले बताएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content