April 22, 2025

बाणगङ्गा सुनचाँदी व्यवसायि संघ कपिलवस्तुका सदस्य दिपक सुनारको निधन

काठमाडौं । बाणगङ्गा सुनचाँदी व्यवसायि संघ बैरिया, कपिलवस्तुका सदस्य दिपक सुनारको निधन भएको छ । सोमवार राती करुणा हस्पिटल, काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

अर्घाखाँचि स्थायी घर भएका उनी व्यवसायको लागि कपिलवस्तुको ४ नं बैरियामा अस्थायी बसोवास गरेका थिए । सुनारले भदौमा कोरोनाभाइरस विरुद्ध जोनसोन एण्ड जोनसोन खोप लगाए पछि उनलाई हल्का ज्वरो आएको थियो । केही समय घरमै आरम गरेका उनी ज्वरो कम नभए पछि बुटवल, मणिग्राम स्थित क्रिम्सन हस्पिटलमा भर्ना भएका थिए । हस्पिटलमा कोरोना भाइरस चेकअप गर्दा पोजेटिभ देखिएको थियो । कारोनाभाइरसले निमोनिया भइ फोक्सोमा धेरै असर भइसकेकोले ४ दिनपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । काठमाडौंको करुणा हस्पिटल भर्ना भएका सुनार १६ दिन पछि कोरोना नेगेटिभ देखिएको थियो ।

कोभिड नेगेटिभ भएपछि नन कोभिड आईसियुमा करिब २४ दिनको उपचार पछि सुनारको निधन भएको हो । कोरोनाभाइरसको कारण फोक्सो पुरै ड्यामेज भएको र हरकिसिमले उपचार गर्दा पनि फोक्सो रिकभर हुन नसकी अरु इन्फेक्सन बढ्न गई अचानक रिफ्याक्ट्री सेप्टीक सक भई उहाँको निधन भएको हस्पिटलले जनाएको छ । सानै उमेरमा बाबा गुमाएका सुनारले आफ्नै मिहेनत र लगनशिलताले एक सफल व्यवसायी तथा समाज सेवीका रुपमा आफ्नो परिचय बनाएका थिए । उनका आमा, ३ दाजुभाई, श्रीमती र एक छोरी रहेका छन् ।

सम्बन्धित खबरहरु