सरकारले प्रधान सेनापतिमा प्रभुराम शर्मालाई नियुक्तीका लागि सिफारिस

काठमाडौं । सरकारले प्रधान सेनापतिमा प्रभुराम शर्मालाई नियुक्तीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । नेपाली सेनाका बलाधिकृत रथी शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्त गर्न सिफारिस गरेको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्त गर्र्ने निणर्य गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

त्यसैगरी बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।

मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *