कोरोनाबाट थप ३९ जनाको मृत्यु, २६०७ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ भने २ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको र २ हजार ६०७ जनामा संक्रमण भएको जनाएको हो ।

पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ७६८ पोजेटिभ देखिएको थियो भने ४७७३ को एन्टिजेन परीक्षण गरिएकोमा ८३९ मा पोजेटिभ देखिएको थियो ।

देशभर पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनाबाट निको भएका छन् ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *