ओखलढुंगा । संसद विघटन गरेर असंवैधानिक, प्रतिगामी कदम र नागरिकता सम्बन्धी अध्यादेशको विरोधमा नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाईसीएल ओखलढुंगाले जिल्ला सदरमुकाममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । वाईसीएल केन्द्रिय सदस्य तथा ओखलढुंगा इन्चार्ज सन्तोष मगरको नेतृत्वमा वाईसीएलले पुत्ला दहन गरेको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिकरूपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेकी थिइन् भने शनिबार नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । भण्डारी र ओलीको कदमको विरोधमा वाइसीएलले देशैभरी पुत्ला दहन गरेको छ । त्यस्तै कांग्रेस, माओवादी केन्द्र, एमाले, जसपा, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरोधमा उत्रिएका छन् ।
कोरोनाको उपचार नपाएर दैनिक २०० भन्दा बढिको जनताको मृत्यु भएको अवस्थामा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमले देश अस्थिरता तिर धकलिएको छ ।