काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १ सय ७७ जनाको मृत्यु भएको छ भने ८ हजार ६ सय ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार १ सय ७७ जना मृत्यु भएको र ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन् । २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।